ghar sansar

भीमदत्तको नगर प्रवक्तामा अवस्थी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले वडा अध्यक्ष पदमराज अवस्थीलाई नगर प्रवक्ताको जिम्मेवारी दिएको छ । भीमदत्तका नगर प्रवक्ता महेन्द्र खड्काको पुस २६ गते निधन भएपछि भीनपा ५ का वडा अध्यक्ष अवस्थीलाई नगर प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले सोमबार अवस्थीलाई नगर प्रवक्ता बनाएका हुन् । स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित उनी काँग्रेसको भीमदत्त नगर समितिका निवर्तमान सभापति हुन् । उनी काँग्रेसका निर्वाचन क्षेत्र नं. ३ क प्रदेश समितिका सभापति छन् ।

Himal dental
सम्बन्धित
Loading...