ghar sansar

बजेट अभावले महाकाली पुल निर्माण कार्य रोकिएको होइन : लेखक

khasi

महेन्द्रनगर । काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाकाली नदीको चार लेन पुल निर्माणको काम बजेट अभावले नरोकिएको बताएका छन् । महाकाली बहुप्राविधक शिक्षालयको तेस्रो वार्षिकोत्सव समारोहमा लेखकले पुल निर्माणको काम रोकिएको भनेर चिन्ता गर्नु पर्ने अवस्था नभएको उल्लेख गरे । 

‘महाकाली नदीमा पुल बनि सक्यो, त्यो काम रोकियो भनेर चिन्ता गर्नु भो, घर बनिसकेछि डेन्टिङ्ग पेन्टिङ्गको मात्रै काम हो, त्यो बन्छ रोकिदैन’ उनले भने,‘ पैसाको कारण रोकिएको होइन, त्यसमा भेरिएसनको प्रक्रियामा छ, त्यस कारण काम अघि बढेको छैन, त्यो प्रोसेसमा छ ।’

पुल निर्माण कार्य बजेट अभावले नरोकिने उल्लेख गर्दै उनले पुलको सौन्दर्य बढाउने लगायतका काम गर्न बाँकी रहेको लेखकले बताए ।

dirghayi clinic

सरकारले चालु आर्थिक वर्षमा महाकाली पुलको लागि १८ करोड बजेट विनियोजन गरेको थियो । यो बजेट ठेकेदारलाई गत वर्षको भुक्तान दिन पनि अपुग भएको थियो ।

महाकाली पुल आयोजनाका अनुसार गत वर्षसम्म ठेकेदारलाई मात्रै २४ करोड भुक्तानी दिन बाँकी थियो । भेरिएसेन भएपछि ठेकेदार कम्पनीलाई ५२ करोड भन्दा बढी रकम दिनु पर्ने आयोजानका कर्मचारीहरु बताउँछन् ।

महाकाली पुल आयोजनाले बजेट नभएपछि तीन महिनादेखि निर्माण कार्य बन्द गरेको थियो । आयोजनाले भौतिक पूूर्वाधार विकास मन्त्री प्रकाश ज्वालालाई केही महिना अघि पुल निरीक्षणका क्रममा बजेट थप गर्न आग्रह गरेको थियो ।

वार्षिकोत्सव समारोहमा एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले बजेट अभावका कारण पुल निर्माण कार्य रोकिएको उल्लेख गर्दै प्रमुख सचेतक लेखकको ध्यानाकर्षण गराएका थिए ।

Himal dental
सम्बन्धित
Loading...