ghar sansar

मेधावीले मनायो १५ औं वार्षिकोत्सव

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ भाँसीस्थित मेधावी सेकेन्ड्री स्कुलले १५ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा र प्याब्सन केन्द्रीय सल्लाहकार हिरा चन्द विशिष्ठ अतिथि थिए ।

dirghayi clinic

विद्यालय सञ्चालक समितिका अध्यक्ष लिलाध्वज वस्नेतको अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल महाशर्मा न्यौपानेले प्रगति प्रतिवेदन प्रंस्तुत गरे ।

Anant bahu travels

कार्यक्रममा विद्यार्थीहरुले विविधि साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । विद्यालयका शिक्षकद्वय मोहन सिह रावत र रेखा चन्द सहित विद्यार्थीले कार्यक्रम सञ्चालन गरे ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य प्रेम सिह पुजारा, प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट, एन प्याब्सन अध्यक्ष झंकरराज जोशी, प्याब्सन प्रदेश उपाध्यक्ष केशवराज भट्ट, एन प्याब्सन प्रदेश सचिव बीर बहादुर चन्द, प्याब्सन प्रदेश कोषाध्यक्ष भवान सिह विष्ट, प्याब्सन कञ्चनपुरका उपाध्यक्ष महादेब प्रसाद भट्ट, समाजसेवी राजेन्द्र केसी, ज्ञानेन्द्र बहादुर सिह लगायत विद्यार्थी, शिक्षक,कर्मचारी अभिभावक सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...