
महेन्द्रनगर । भृकुटी माध्यमिक विद्यालयले ५४ औ वाषिएकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य हिरा सिंह सार्की र भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष एबम् सामाजिक विकास समितिका संयोजक सुशिल कुमार भट्ट विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता देबेन्द्र ढुंगाना, महेन्द्रनगर मावि(साधारण) का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र राज विष्ट, बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज कलौनी, कृष्ण प्रसाद जोशी लगायतका विभिन्न विद्यालय प्रधानाध्यापक सहभागी भए ।
विद्यालयका प्रधानाध्यापक केशर सिंह महराले कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । विद्यालयका शिक्षक चन्द्र प्रकाश जोशीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक कृष्ण साउदले स्वागत मन्तव्य राखेका थिए ।
