
महेन्द्रनगर । बेदकोट नगरपालिका ९ सुन्दरपुरमा ज्येष्ठ नागरिकहरुका लागि निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा कार्यालयले शनिबार सञ्चालन शिविर सञ्चालन गरी ६० वर्ष माथिका १ सय ५३ जनाको स्वास्थ्य जाँच गराएको छ ।
बेदकोट ९ का वडा अध्यक्ष जनक वहादुर विष्टले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियाजित रकबाट स्वास्थ्य शिविर सञ्चाल गरिएको बताए ।
स्वस्थ्य शिविरमा २ जना लाई हर्निया, २ जनाको हाइड्रोशिल र २ जना महिलाको पाठेघर को समस्या देखिएको र छ जनाको नै शल्यक्रिया गर्नु पर्ने भएकाले महकाली प्रदेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया हुने अध्यक्ष विष्टले जनाकारी दिएका छन् ।
