ghar sansar

यातायात मजदुरलाई अभिमुखिकरण

Amity

महेन्द्रनगर । यातायात मजदुर र ब्यावसायिहरुलाई मानव बेचबिखन तथा ओसारपसार र बालश्रम शोषण बिरुद्ध सोमबार अत्तरियामा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

आफन्त नेपालको आयोजनामा गोदावरी नगरपालिका अत्तरियाबाट सञ्चालनमा रहेका बस, अटो, रिक्साका चालक, सहचालक र सवारी साधनका धनीहरूको सहभागितामा मानव बेचबिखन, बालश्रम शोषणको अवस्था र मानव बेचबिखन तथा ओसार पसार र बालश्रम शोषणका सवालमा यातायातकर्मीहरुको भुमिका बारे अभिमुखिकरण गरिएको हो ।

lotus institite

अत्तरियाबाट चल्ने बस, अटो र रिक्सा चालक र धनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार र बाल श्रम शोषण लगायतका मुद्दाहरूमा सम्बेदनशील बनाउने, मानव बेचबिखन तथा ओसारपसार र बाल श्रम शोषणका रिपोर्टिंग केशहरुकालागि यातायात मजदुर तथा सवारी साधनका धनीहरुको भुमिका बारे छलफल गर्ने तथा रिपोर्टिङ्ग प्रक्रियालाई सुदृढिकरण गर्ने उद्धेश्यले अभिमुखिकरण कार्यक्रम गरिएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

कार्यक्रममा बालश्रम, बालश्रम शोषण, स्थानागमन, मानव बेचबिखन र स्थानागमनको अन्तर सम्वन्ध, मानव बेचबिखन र ओसारपसार, बेचबिखनका कारणहरु, मानव बेचबिखन तथा ओसारपसार बाट जोगिने उपायहरु, मानव बेचबिखन र बालश्रम शोषणको रोकथामकालागि यातायातकर्मीहरुको भुमिका, बाल हेल्पलाईन सेवा, बेचबिखनको जोखिम भएमा, जोखिम अवस्थाबारे थाहा भएमा रिपोर्टिंग गर्ने सयन्त्र र ततसम्वन्धी संस्थाहरुको बारेमा अभिमुखिकरण गरिएको कार्यक्रमका सहजकर्ता तथा आफन्त नेपालको कार्यक्रम अधिकृत बिर बहादुर नेपाली ले बताए ।
अभिमुखिकरण पश्चात भएको छलफलमा यातायात मजदुर संघका प्रदेश सदस्य लोक बहादुर रोकाया, नगर अध्यक्ष हरी प्रसाद भट्ट, अटो चालक हिरा सिंह बिष्ट र दल बहादुर तिखातरी, बस चालक नविन थापा लगायतले मानव बेचबिखन तथा ओसारपसार रोकथाममा टेवा पुगाउन यातायात कमीले खेल्न सक्ने भुमिकाका बारेमा आआफ्नो भनाई राखेका थिए ।

युनिसेफ नेपाल को आर्थिक सहयोग तथा एटविन संगको सहकार्यमा आफन्त नेपालले सञ्चालन गरिरहेको बाल श्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना अन्तरगत कार्यक्रम आयोजना गरिएको हो ।

Himal dental
सम्बन्धित
Loading...