

महेन्द्रनगर । संत निरंकारी सत्सङ्ग भवन महेन्द्रनगर , नेपाल का सेवादल ( स्वयंसेवक ) का सदस्यले सन्त परिवारको उपस्थितिमा स्वच्छ जल , स्वच्छ मन , स्वस्थ जीवन भन्ने नारा का साथ सदगुरु बाबा हरदेव सिंह जी महाराजको जन्मजयन्ती दिवसको अवसरमा महेन्द्रनगर को शिव मन्दिर – ऐठपुर खण्ड मुलनहर सरसफाई गरी मनाइएको छ ।



सरसफाई पश्चात् वृहत् सत्सङ कार्यक्रमको आयोजना गरि मनाइएको छ । कार्यक्रममा भण्डारा ( लङ्गर ) को व्यवस्था समेत गरिएको थियो । कार्यक्रम मा भिमदत्त नगरपालिका का साथै दोधारा चादनी नपा , बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाबाट सन्त परिवार सहभागी भएका छन् ।

मण्डलका केन्द्रिय सह सचिव नर बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा भएको सत्सङ कार्यक्रममा विभिन्न व्यक्तिहरुले विचार , भक्ति रचना प्रस्तुत गरे ।
