
महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरको नवौ जिल्ला अधिवेशका लागि बेलडाँडी गाउँपालिकाका सबै वडामा प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । बेलडाँडीका ५ वडा र दलित भूगोलबाट गरी १३ जना अधिवेशन प्रतिनिधि चयन भएका छन् ।
बेलडाँडी गाउँपालिका १ बाट खुलामा गणेश बहादुर बिष्ट र महिलामा पशुपती देबी भट्ट प्रतिनिधि भएका छन् । बेलडाँडी गाउँपालिकाका अध्यक्ष लक्ष्मण सिह भाट वडा नं. २ बाट अधिवेशन प्रतिनिधि चयन भएका छन् । उनी खुलाबाट प्रतिनिधि भएका हुन् । अध्यक्ष भाटको वडाबाट उनी सहित तीन जना प्रतिनिधि चयन भएका छन् । खुलामा मदन खत्री र महिलामा रमा देबी बिष्ट प्रतिनिधि भएका छन् ।
बेलडाँडी ३ बाट हरि प्रसाद जोशी र कल्पना गिरी प्रतिनिधि भएका छन् । जोशी खुला र गिरी महिलाबाट प्रतिनिधि चुनिएका हुन् ।
वीर बहादुर खड्का (खुला) र खगेश्वरी भण्डारी (महिला) मा वडा नं. ४ बाट प्रतिनिधि भएका छन् । बेलडाँडी ५ बाट अमर बहादुर रोकाया (खुला ) र फुलकुमारी राना (महिला) प्रतिनिधि चयन भएका छन् ।
दलिततर्फ हर्क कामी (खुला) र मोतिमा आउजी (महिला) अधिवेशन प्रतिनिधि चयन भएका छन् ।
