भृकुटी माविका इलेक्ट्रिकल इन्जिनियरिङ्ग तेस्रो ब्याचका विद्यार्थीको विदाई

महेन्द्रनगर । भृकुटी माध्यमिक विद्यालयले इलेक्ट्रिकल इन्जिनियरिङ्ग विषयका तेस्रो ब्याचको बिदाई गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्रीको प्रमुख आतिथ्यमा विदाई कार्यक्रम गरिएको छ ।

शैक्षिक सत्र २०७७ मा इलेक्ट्रिकल इन्जिनियरिमा ३९ विद्यार्थी भर्ना भएका थिए । उनीहरुको बुधबार विदाई गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशर सिह महरा विशिष्ठ अतिथि थिए ।

कार्यक्रम सञ्चालन लक्ष्मी दत्त भट्टले गरेका थिए । विद्यालयका डिप्लोमा प्राविधिक धार संयोजक राम दत्त अवस्थी डिप्लोमा विद्यार्थीहरुको सांकेतिक कार्यक्रम सहित पासआउट गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आग्रीले विद्यार्थीहरुलाई सर्टिफिकेटसंगै रोजगारीको व्यवस्थापन गरिने, नेपाल विद्युत प्राधिकरण र विभिन्न हाजल विद्युत आयोजनामा रोजगारीका लागि पत्राचार गरिने बताए ।

उनले विद्यालयमा पास आउट भएका विद्यार्थीहरु अहिले लोक सेवा आयोगको परीक्षाबाट विद्युत प्राधिकरण, जल विद्युत आयोजना, सिमेन्ट उद्योगमा रोजगारी पाएको बताए ।

 

सम्बन्धित
Loading...