नयाँ सत्ता समीकरण देशका लागि आवश्यक थियो : पूर्व मन्त्री रावल

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सकारका पूर्व मन्त्री प्रकाश रावलले नयाँ सत्ता समीकरण देशका लागि आवश्यकता भएको बताएका छन् । उनले नयाँ शक्ति समीकरणले सबै वामपन्थी शक्ति ध्रुबीकरण हुने दिशामा गएकाले राजनीति स्थिर हुने संकेत देखिएको जनाए ।

‘यो एकाएक जुन सत्ता समीकरण फेरबदल भएको छ, यो अहिलेको आवश्यकता नै थियो, देशका लागि आवश्यक थियो, यसले सबै वाम एक ठाउँमा ध्रुबीकरण हुने दिशामा जाने छन्’ उनले इ विकल्प दैनिकसित कुरा गर्दै भने,‘यसबाट अब देशमा राजनीतिक स्थिरताको कुरा आउँछ, यसले देशलाई फाइदा हुन्छ ।’

janjyoti campus

पछिल्लो सत्ता समीकरणले विचार र सिद्धान्त मिल्ने दलहरु एक ठाउँमा आएकाले वामपन्थी आन्दोलनलाई समेत बलियो बनाउने सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ghar sansar
सम्बन्धित
Loading...