ghar sansar

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई सकस

महेन्द्रनगर । एमाले र माओवादी केन्द्रबीच नयाँ सत्ता समीकरण बनेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेकोछ । उनी सरकार जोगाउन दौडधुपमा छन् ।

सत्ता गठबन्धन फेरिपछि मुख्यमन्त्रीले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादीसंगै अर्को सत्ता साझेदार एकीकृत समाजादीले सरकार छाडेपछि शाह अल्पमतमा परेका छन् ।

मुख्यमन्त्री शाह साना दलको साथ लिएर सरकारलाई निरन्तरता दिने चाहना राखेका छन् । उनी सत्ता साझदार साझेदार नागरिक उन्मुक्तिलाई सरकार बाहिर जान नदिएर राप्रपा र स्वतन्त्र साँसदलाई मनाउने प्रयास गरि रहेका छन् ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री शाहको राजीनामा मागेका छन् । आफ्ना मन्त्री हटाइएपछि माओवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने एकीकृत समाजवादीले पनि आफ्ना मन्त्रीलाई हटाएपछि बिहीबार समर्थन फिर्ता लिइसकेको छ। मुख्यमन्त्री शाह भने राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर सरकारलाई निरन्तरता दिने कसरतमा छन् ।

नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धनको सरकार गठनका लागि निर्णायक देखिएको छ । तर उन्मुक्तिले अहिलेसम्म नयाँ गठबन्धनलाई साथ दिने÷नदिनेबारे ठोस निर्णय सार्वजनिक गरिसकेको छैन । तर यसअघि नै उन्मुक्तिले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी भने गरिसकेको छ। सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ ।

माओवादीका सभामुखसहित ११, एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यतिले सरकार गठनका लागि बहुमत पुग्दैन । अर्कोतिर कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७, राप्रपा एक र स्वतन्त्र एक सांसद छन्। 

Himal dental
सम्बन्धित
Loading...