एमाले कञ्चनपुरका कार्य वाहक उपाध्यक्ष बुढाले दिइन् पोलिटब्युरो सदस्य पाल सहितको तस्बिर फेसबुकमा राखेर नारी दिवसको शुभकामना

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका कार्य वाहक अध्यक्ष लक्ष्मी बुढाले पोलिटब्युुरो सदस्य निरुदेबी पाल सहितको तस्बिर फेसबुकमा राखेर अन्तर्राष्ट्रिय नारी दिवसमा शुभ कामना दिएकी छन् ।

एमाले कञ्चनपुरको नवौ अधिवेशनका लागि पार्टी कार्यालयमा राखिएको नवौ अधिवेशनको लागो अगाडि खिचिएका तस्बिरलाई आफ्नो फेसबुकमा राखेर शुभ कामना दिएकी छन् ।

कार्य वाहक अध्यक्ष बुढा नवौ अधिवेशनमा अध्यक्षका आकाँक्षी छन् । यस अघि आठौ अधिवेशनमा पाल सहितको सहयोगमा उपाध्यक्ष निर्वाचित भएकी हुन् ।

कार्य वाहक अध्यक्ष बुढाले फेसबुकमा भनेकी छन्,‘समान सहभागिता र शसक्तिकरणका लागि महिलामा लगानी भन्ने नाराका साथ मनाउँदै गरिएको ११४औँ अन्तराष्ट्रीय श्रमिक महिला दिवशका अवसरमा विश्वका सम्पूर्ण श्रमजीवि महिलाहरुमा हार्दिक शुभकामना !!
महाशिवरात्री को पनि सबै मा शुभकामना ।
साथै यस आन्दोन्लनकी नेतृ क्लारा जेट्किन प्रति हार्दिक सम्मान !

एमाले कञ्चनपुरको आठौं अधिवेशनमा पाल र अर्का पोलिटब्युरो सदस्य राजेन्द्र रावल समूहबीच प्रतिस्पर्धा भएको थियो । यस पटक नवौमा पनि यी दुुई समूहबाट नेतृत्वका आकाँक्षी छन् । पाल समूहबाट कार्य वाहक अध्यक्ष बुढा र जिल्ला सचिव पल्लवराज भट्ट नेतृत्वका लागि आकाँक्षी छन् ।

नेतृत्वका लागि आफ्नै समूहका दुई जना आकाँक्षी भएपछि पाल चुपचाप छन् । पालले अझैसम्म कसलाई सहयोग गर्ने भन्ने आफ्नो धारणा बाहिर ल्याएकी छैन्न ।

सम्बन्धित
Loading...