ghar sansar

सुदूरपश्चिममा प्रदेश प्रमुख पदमुक्त, मुख्यमन्त्री शाह अझै आशमा

Amity

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले फेरि मन्त्रीमण्डल विस्तार गरेका छन्। सरकार जोगाउन उनले सोमबार मन्त्रिपरिषद्मा नयाँ मन्त्री थपेका छन् ।

शाहले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाएका छन् । चौधरी विना विभागीय मन्त्रीको रूपमा नियुक्त भएका हुन्। उनलाई सोमबार प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका छन्।

lotus institite

प्रदेश प्रमुख जोशी मन्त्री चौधरीलाई शपथ गराएपछि पदमुक्त भएका छन् । सरकारले उनलाई पदमुक्त गरी नयाँ प्रदेश नजिर मियालाई राष्ट्रपति कार्यालयमा सिफारिश गरेको छ ।

चौधरीले थारु भाषामा शपथ लिएका थिए। यो सँगै सुदूरपश्चिम मन्त्रीमण्डल ८ सदस्यीय बनेको छ। गत शुक्रवार पनि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट ३ मन्त्री थपेका थिए ।

मुख्यमन्त्री शाहले यसअघि संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, प्रमुख सचेतक खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

संघीय सरकारमा गठबन्धन हेरफेरपछि सुदूरपश्चिममा नागरिक उन्मुक्ति बाहेक अन्य सहयात्रीले साथ छाडेपछि शाह अल्पमतमा परेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी शाह नेतृत्वको सरकारबाट बाहिरिएका हुन् ।

शाहले राप्रपा र स्वतन्त्र साँसदलाई सरकारलाई ल्याएर सरकार बचाउने अन्तिम कसरतमा लागेका छन् ।

Himal dental
सम्बन्धित
Loading...