Sarsoti

बैतडीमा पहिलो पटक दलित समुदायलाई एमाले जिल्ला नेतृत्व

lotus institute

महेन्द्रनगर । एमाले बैतडीको नवौ अधिवेशनबाट सर्वसम्मत जिल्ला कमिटी चयन गरिएको छ । एमालेले ९० सदस्यीय जिल्ला कमिटीलाई सर्वसम्मत चयन गरेको हो । एमाले बैतडी अध्यक्षमा नरेश विक चयन गरिएका छन् । विकलाई अध्यक्ष बनाउन सोमबार राति सहमति भएको थियो ।

अधिवेशनबाट उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप(सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा निर्वाचित भएसंगै पाटन नगरपालिका ५ ओदाली घर भएका ४९ बर्षीय विकले दलित समुदायबाट एमाले बैतडीको नेतृत्व हाँक्ने पहिलो व्यक्ति भएका छन् ।

morning glory

२०५३ मा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भएका उनी एमालेको जिल्ला कमिटी सदस्य हुँदै अञ्चल कमिटि सदस्यको जिम्मेवारी वहन गरि सकेका छन् । विकले तत्कालिन निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय कमिटिको अध्यक्षको रुपमा समेत काम गरिसकेका छन् ।

Mahendranagar

एमालेको जनवर्गीय संगठन मुक्ति समाज नेपालको केन्द्रीय सचिव समेत रहेका विक केपी ओली प्रधानमन्त्री भएको बेला राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीको अध्यक्ष समेत बनेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेकातर्फबाट पाटन नगरपालिकामा नगर प्रमुख उम्मेदवार बनेका विक त्यो बेला पराजित भएका थिए । त्यसपछि उनी राष्ट्रिय सभा सदस्य निर्वाचन लडेका थिए ।

निरन्तर एमालेको राजनीतिमा रहेका विकले पार्टीलाई आफ्नो कार्यकालमा अझै बलियो बनाउने दाबी गरेका छन् ।

saark school
सम्बन्धित
Loading...