
महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ मा महिला स्वास्थ्य स्वयम सेविकालाई झोला र छाता वितरण गरिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको कार्यक्रम अन्र्तगत उनीहरुलाई झोला र छाता वितरण गरिएको छ ।
भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापाले महिला स्वास्थ्य स्वयमसेविकालाई स्वास्थ्य क्षेत्रमा कामकाज गर्न घरदैलोमा खटिने महिला स्वास्थ्य स्वयमसेविकालाई झोला र छाता वितरण गरिएको बताए । छाता पाएपछि महिला स्वास्थ्य स्वयमसेविका हर्षित भएका छन ।
