बिहीबार दोधारा चाँदनी पुग्दापुग्दै एमाले अध्यक्ष ओलीले देख्ने छन् मेयरले भत्काउन खोजेको अमृताको यो छाप्रो

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दोधारा चाँदनी जाने भएका छन् । एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन उद्घाटनका लागि आउन लागेका ओली बिहीबार विहान दोधारा चाँदनी जान लागेका हुन् ।

एमाले दोधारा चाँदनी नगर कमिटी सचिव गोश भाटका अनुुसार अध्यक्ष ओलीले विहान ९ बजे सुख्खा बन्दरगाह निरीक्षण र देधारा चाँदनी नगरपालिका ६ नम्बर वडा कार्यालय भवन उद्घाटन गर्ने भएका छन् । एमाले नगर सचिव भाटले अध्यक्ष ओली सहभागी हुने सबै कार्यक्रममा सहभागिताका लागि आग्रह गरेका छन् ।

दोधारा चाँदनीमा एमालेका मेयर किशोर कुमार लिम्बु छन् । मेयर लिम्बु दोधारा चाँदनी नगरपालिका १ को वडा कार्यालय भवन निर्माणका कारण विवादमा मुछिएका छन् ।

महाकाली नदी चार लेन पुल मानसिक सन्तुलन ठिक नभएकी अमृता दमाईको परिवारले वर्र्षौदेखि भोगचलन गर्र्दै आएको जग्गामा वडा कार्यालय भवन बनाउन थालेपछि मेयर लिम्बु चौतर्फी आलोचना भएको छ । स्थानीयको विरोधपछि वडा कार्यालय भवन निर्माण निर्माण रोकिएको छ ।

मेयर लिम्बुमाथि वडा कार्यालय भवन बनाएर अमृताको परिवारको उठीबास गराउनु खोजेको आरोप लागेको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व राज्यमन्त्री मान बहादुर सुनार लगायतको विरोधपछि मेयर भवन निर्माण कार्यबाट पछि हटेका छन् । उनले अमृताको परिवारले दुई दशकदेखि भोगचलन गर्दै आएको डेढ कट्टा जमिनमा भवन बनाउन ठेक्का दिएका छन् ।

वडा कार्यालयले भवन बनाउन थालेपछि अमृताको सहयोगका लागि हारगुहार गरि रहेकी छन् । चार सन्तानकी आमा अमृता आफूलाई थाहा नदिई वडा कार्यालयले भवन बनाउन थालेपछि उपचार छाडेर फर्किएकी छन् । मानसिक रोगी अमृता केही महिनादेखि धनगढीमा उपचार गराउँदै आएकी छन् । भारतमा मजदुरीका लागि गएका उनका श्रीमान गोबिन्द पनि मानसिक रोगी छन् । टिनका दुई छाप्रो बनाएर अमृताको परिवार बस्दै आएको हो ।

ऐलानी जग्गा भोगचलन गर्दै आएका अमृताका अन्य छिमेकी सबैलाई छाडेर मेयर लिम्बुको निशानामा उनी परेकी छन् । बाजुरा पुख्र्यौली भएकी अमृता जानकारी नदिएर वडा कार्यालय भवन बनाउन थालेपछि भोक निन्द्रा हराएको बताउँछन् ।

बिहीबार एमाले अध्यक्ष अमृताको छाप्रो नजिक भएर दोधारा चाँदनी जाने भएका छन् । महाकाली नदीको चार लेन पुल पार गरी सुरु हुने पहुँच मार्गको दक्षिणतिर अमृताको छाप्रो छ । पहुँच मार्गको पुछारमा निर्माण हुने लागेको सुख्खा बन्दरगाह अध्यक्ष ओलीले निरीक्षण गर्ने कार्यक्रम छ ।

सुख्खा बन्दरगाह निरीक्षणपछि अध्यक्ष ओली वडा कार्यालय भवन उद्घाटनका लागि प्रस्थान गर्ने छन् । केही स्थानीयले अध्यक्ष ओलीलाई अमृताको उठीबास सम्बन्धि जानकारी गराउने तयारी गरेका छन् । उनीहरुले सुख्खा बन्दरगाह निरीक्षणका क्रममा अध्यक्ष ओलीलाई अमृताको व्यवस्थापनका लागि आग्रह गर्ने बताएका छन् ।

३६ वर्षिया अमृता दोधारा चाँदनी नगरपालिका १ को वडा कार्यालय नजिक बेसरम झाडीसंगै टिनका दुई छाप्रो बनाएर बस्दै आएकी छन् ।

‘म घरमा थिएन, केही नभनेर खनेर गएका रहेछन’ उनले भनिन्,‘अब म त के गरु, हाम्रा लागि केही पनि गरेन त, मसित कहीँ जाने बाटो छैन्, अब म के गरु त, मेरो त व्यवस्था गरि दिनु परयो नि ।’

अमृताले जग्गाको लागि सुकुम्बासी फाराम भरे पनि जग्गा पाउन नसकेको बताइन् । ‘फाराम त भरेको थिए, तर केही मिलेन’ उनले भनिन् ।

दोधारा चाँदनीका मेयर लिम्बु यस अघि राष्ट्रिय भूमि अधिकार आयोग कञ्चनपुरका सदस्य थिए । अध्यक्ष ओलीको रोजाईमा उनी आयोगका विज्ञ सदस्य नियुक्त भएका हुन् ।

साmँ विहान हात मुख जोर्ने समस्या भएकी अमृताले दुई वर्ष अघि बिग्रको हेण्ड पम्प समेत बनाउन सकेकी छैनन् । चार कक्षा पढेर छाडेका जेठा छोराले मजदुरी गरी साँझ विहानको छाक टार्दै आएका छन् ।

सरकारले जग्गा दिएर व्यवस्था गर्ने आशमा उनी वर्र्षौदेखि छाप्रोमा बसेकी हुन् । वडा कार्यालय भवन बनाउन थालिएपछि उनी होस हवास गुमेको बताउँछिन् ।

‘यो अब कसरी छाँडु, यतिका वर्ष बसियो, एक मुठी माटो पाउला भनेर यतिका वर्ष बस्यौ, अब अहिले आएर त्यसै छाड भनेपछि कसरी छाँडुला त, अहिलेसम्म यही माटोका लागि त कुरेका हो, मलाई अहिले त्यसै हटाउने कुरा कहाँबाट आउँछ त ।’
अमृता चार सन्तान सहित दिननभरि छाप्रोमा बस्छिन् । अहिले उनका जेठा छोरा लोकेन्द्र विहानदेखि साँझसम्म मजदुरी गर्छन् । अन्य छोरी अनुस्का, आशिका र करिश्मा छिन् । करिश्मा ६ महिनाकी छन् । दुई छोरा कक्षा २ मा पढ्छन् । जेठा लोकेन्द्रले कक्षा ३ पढेर पढाई छाडि सकेका छन् ।

दोधारा चाँदनी नगरपालिकाले २५ लाखमा ठेक्का सम्झौता गरेपछि अमृताको परिवारलाई नसोधी भवन निर्माण सुरु गरिएको थियो । मेयर लिम्बुले केही महिना अघि अमृताको जमिन नजिकको क्षेत्रमा फनपार्क बनाउने घोषणा गरेका थिए ।

दोधारा चाँदनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बिक्रम चन्दले अमृताको परिवार बस्दै आएको छाप्रा छाडेर बाँकी जमिनमा वडा कार्यालय भवन बनाउन थालिएको बताउँछन् ।

‘त्यहाँ सार्वजनिक जग्गा अतिक्रमणमा थियो, त्यहाँ त्यो छाप्रोको नल यताको जमिनमा मात्रै वडा कार्यालय बनाउन थालिएको छ’ उनले भने, ‘ती छाप्रो हटाउने भन्ने छैन ।’

स्थानीय सुनारले वषौैदेखि भोगचलन गरेको जग्गाबाट अमृताको परिवारलाई हटाउन नहुने स्थानीय शंकर सुनारले बताए । ‘यतिका वर्षसम्म बसेको जमिनबाट यसरी हटाउन हुँदैन, हटायो भने हामी सबै त्यस विरुद्ध हुन्छौ’ उनले भने ।

सम्बन्धित
Loading...