ghar sansar

सेवा निवृत राष्ट्र सेवक संघ कञ्चनपुरको संयोजकमा भण्डारी

महेन्द्रनगर । पेशागत महासंघ नेपालको घटक सेवा निवृत राष्ट्र सेवक संघ नेपाल जिल्ला कञ्चनपुरको जिल्ला समिति गठन गरिएको छ ।

कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा शनिबार बसेको बैठकबाट हरि सिह भण्डारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा लाल बहादुर चौधरी, सहबिर महत्तरा, हरि प्रसाद भण्डारी ,खिमा चन्द ,शारदा क्षेत्री ,धर्म भाट सदस्य चयन भएका छन् ।

पेशागत महासंघ कञ्चनपुरका कार्य वाहक अध्यक्ष हर्क बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा महासंघका केन्द्रीय सदस्य जयन्ती पन्त,प्रदेश अध्यक्ष दामोदर भट्ट ,नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य प्रताप चन्द,जिल्ला अध्यक्ष मान बहादुर चन्द, पेशागत महासंघ महासंघ कञ्चनपुरका सचिव तिलक जोशी लगायतका सहभागी भएका छन् ।

समितिको चैत १७ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको पेशागत महासंघका सचिव जोशीले जानकारी दिएका छन् ।

  

Himal dental
सम्बन्धित
Loading...