ghar sansar

बेदकोटको सुन्दरपुरमा सरसफाई तथा खानेपानी सम्वन्धी जनचेतना अभियान सुरु

khasi

–भोजराज पन्त
महेन्द्रनगर । बेदकोट नगरपालिका ९ मा शनिबार बैजनाथ सुडा खनेपानी उपभोक्ता तथा सरसफाई समिति सुन्दरपुरको बृहत सरसफाई तथा खानेपानी सम्वन्धी जनचेतना कार्यक्रमको अभियान थालनी भएको छ ।

“स्वच्छ वातावरण राख्ने हाम्रो जिम्मेवारी, वर्तमान र भविष्य दुबै बराबरी” र “जहाँ पायो त्यही नफालौ फोहर जथाभावी, घर आँगन सफाँ राख्ने हाम्रो जिम्मेवारी” भन्ने नारका साथ सरसफाई तथा जनचेतना मुलक अभियान सुरु भएको छ ।

ratnam

बैजनाथ सुडा खनेपानी उपभोक्ता तथा सरसफाई समिति सुन्दरपुरको कार्यालयवाट सरसफाई अभियानको उद्घाटन भएको थियो । सरसफाई कार्यक्रम समितिका अध्यक्ष पदम सिंह कुवरको अध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथि वेदकोट नगरपालिकाका कार्यपालिका सदस्य पार्वती विष्ट थिए ।

dirghayi clinic

कार्यक्रममा वेदकोट नगरपालिका उप मेयर तुलशी देवी जोशी, सुन्दरपुर खेलकुद विकास समितिका सम्पुर्ण सदस्य, महाकाली सिचाईका प्रतिनिधिहरु, राजनीकदलका प्रतिनिधिहरु, सुन्दरपुर र नयाँगाँउका उपभोक्ता सहभागी भएका छन् ।

बैजनाथ सुडा खनेपानी उपभोक्ता तथा सरसफाई समितिले आयोजना गरेको कार्यक्रमको सबै गाँउवासीले प्रशंसा गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...