ghar sansar

अध्यक्ष मण्डलको निर्णयमा असन्तुष्ट चन्दसित पोलिटब्युरो सदस्य रावलले गरे छलफल

महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनमा सचिवका उम्मेदवार कर्ण बहादुर चन्द र पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलसित छलफल गरेका छन् ।

अध्यक्ष मण्डलले सर्वसम्मत जिल्ला कमिटी घोषणाको तयारी गरेपछि असन्तुष्ट चन्दले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि रावलले चन्दलाई ओपेरामा बोलाएर छलफल गरेका छन् ।

mantra hos123

भेटमा उनीहरुबीच अध्यक्ष मण्डलले बनाएको सर्वसम्मत कमिटी, त्यसको प्रक्रिया, पार्टीलाई बलियो बनाउने लगायतका विषयमा छलफल गरिएको नेताहरुल बताए । रावलसित भेटमा चन्दले आफू प्रतिनिधिको भावना अनुसार चुनावको पक्षमा भएको धारणा राखेका थिए । उनले प्रतिनिधिको भावना मिचेर जबरजस्ती कमिटी घोषणा गरिनु नहुने बताए ।

पोलिटब्युरो सदस्य रावलले सबै पदाधिकारीको सहमति अनुसार निर्वाचन मण्डलले निर्णय लिएकाले त्यसलाई मानेर पार्टीलाई बलियो बनाउनु पर्ने आवश्यकता भएको बताए ।

पार्टी कार्यालयमा विहान चन्द सहितले तालाबन्दी गरेपछि पोलिटब्यृरो सदस्य रावलले चन्दसित छलफल गरेका हुन् ।
चन्दसित छलफलपछि रावल एमाले डडेल्धुरा अधिवेशनका लागि परशुराम प्रस्थान गरेका छन् । एमाले कञ्चनपुरका इन्चार्ज नारदमुनि रानाको अध्यक्षतामा अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलका अध्यक्ष सहित सदस्यहरु परशुराम पुगेका छन् ।

Himal dental
सम्बन्धित
Loading...