
महेन्द्रनगर । एसियन लाइफ इन्स्यारेन्स कम्पनि लिमिटेडले भृकृटी माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
कम्पनीले संस्थागत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बुधबार विद्यालयमा कार्यक्रम गरी विद्यार्थीहरुलाई झोला सहित शैक्षिक सामाग्री प्रदान गरेको छ ।
कार्यक्रममा भृकुटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्री, प्रधानाध्यापक केशर सिह महरा, एसियन लाइफका शाखा प्रबन्धक सहित कर्मचारी लगायतका सहभागी भए ।
