ghar sansar

एमाले कञ्चनपुरको जिल्ला सल्लाहकार परिषद् अध्यक्षमा बुडा

little buddha academy
khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरले राम बहादुर बुडालाई जिल्ला सल्लाहकार परिषद्को अध्यक्ष बनाएको छ । एमाले जिल्ला कमिटीको पूर्ण बैठकले बिहीबार पुराना नेता बुडालाई सल्लाहकार परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बुढा आठौं जिल्ला अधिवेशनबाट सदस्य निर्वाचित भएका थिए । उनी २०५४ मा डडेल्धुरामा एमालेबाट स्थानीय निकाय निर्वाचन लडेर गाविस अध्यक्ष भएका थिए । जिल्ला कमिटी बैठकले पदाधिकारी र सदस्यहरुको कार्य विभाजन गरेको छ ।

,orning glory badhai

जिल्ला कमिटीका सचिव र दुई उप सचिवलाई निर्वाचन क्षेत्र संयोजकको जिम्मेवारी दिएको हो । यसैगरी उपाध्यक्ष जनकराज अवस्थीलाई प्रचार विभाग प्रमुख बनाएको छ ।

बैठकले सचिव पल्लवराज भट्टलाई निर्वाचन क्षेत्र नं. १ को संयोजक बनाएको छ । यसैगरी उप सचिवद्वय अशोक कुमार चन्दलाई निर्वाचन क्षेत्र नं. २ र राजीब खड्कालाई निर्वाचन क्षेत्र नं. ३ को संयोजकको जिम्मेवारी दिएको हो । उनीहरु नवौ अधिवेशनबाट सर्वसम्मत पदाधिकारी भएका हुन् ।

dirghayi clinic

बैठकले जिल्ला उपाध्यक्ष जनकराज अवस्थीलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

एमालेमा विद्यार्थीबाट राजनीतिमा आएका अवस्थी नवौ अधिवेशनबाट उपाध्यक्ष भएर प्रचार विभाग प्रमुख भएका हुन् ।
एमालेमा यस अघि पत्रकारिता पुष्ठभूमिका निवर्तमान उप सचिव कर्ण बहादुर चन्द प्रचार विभाग प्रमुख थिए । चन्द अघि तत्कालिन उप सचिव रण बहादुर महरा प्रचार विभाग प्रमुख थिए ।

नवौ अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको बिहीबार पहिलो पूर्ण बैठक बसेको हो । बैठकमा पदाधिकारी र सदस्यहरुको कार्य विभाजन गरिएको छ ।

बैठकबाट ८ सदस्य पछि थप्ने गरी जिल्ला सचिवालय गठन गरिएको छ । एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा बैठक बसेको छ ।

बैठकमा एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज नारदमुनि राना, पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल, केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम राना, एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्मा लगायतका नेताहरु सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...