महेन्द्रनगर । महाकाली साहित्य सङ्गमले बर्षेनी मनाउदै आएको भेटौलो चैतालो कार्यक्रम यस वर्ष वनगाउँथिस्थ अमिटी कलेजमा मनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा नेपाल भारतका साहित्यकार, कलाकार लगायतका सहभागी भएका छन् ।
महाकाली साहित्य संगमका अध्यक्ष हरीश प्रसाद जोशीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा संविधान सभा सदस्य आनन्दी पन्त, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौं सदस्य सचिव कुश्मा महरा, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान कैलालीका उपकुलपति डा. टि. एन जोशी, भारतका महेन्द्र प्रताप पान्डेमन्चासिन, अमिटी कलेजका अध्यक्ष गोकुल देव भट्ट, राष्ट्रिय संस्कृति प्रतिष्ठान राष्ट्रिय अध्यक्ष लिला बास्कोटा, डा. हिरा चन्द, डा. नगेन्द्र चन्द, डा. मोहन पन्त लगायतका सहभागी भए ।
कार्यक्रममा अम्बा दत जोशी, बिष्णु बडु, कमला भट्टराई, डा. मोहन पन्त, डा. महेन्द्र खडकाले कविता, शैलेन्द्र बहादुर सिह, पूर्ण बहादुर मल्ल, लक्ष्मी प्रसाद भट्ट, आनन्दी पन्तले गजल प्रस्तुत गरे ।
कार्यक्रममा मोहन औजि, गीता औजि, गोबिन्दि आउजिले गोरिधना रैतेलिको गाथामा आधारित भाडामा प्रस्तुत गरे । महाकाली साहित्य सङ्गमको तर्फबाट सुरज आउजीले छलिया नृत्य देखाए ।
कार्यक्रममा लिया चौधरी (कञ्चनपुर) , गोविन्द आउजी (बैतडी १०५ बर्ष), नानिमैया स्रष्टा (काठमाडौ), गंगा भट्ट(डोटी), हेमा जोशी(भारत), किरन शर्मा(भारत), नरमाया कार्की(कैलाली), मन्जु साउद (बझाङ), विश्ना बिक (अछाम), बिमला चन्द( कञ्चनपुर), सरिता पन्थी, जानकी शर्मा अतरिया, सिता पार्की, कमला भट्टराई, सीता चन्द, देबकी पाण्डे, देवकी जोशीलाई भेटौलो उपहार प्रदान गरियो ।
सिता पुजारा, लक्ष्मण अधिकारी, देवकी कुमारी जोशी, निर्मला जोशी, भागरथी चन्द र देवकी पाण्डेले कार्यक्रममा गीत प्रस्तुत गरेका थिए ।