ghar sansar

सुदूरपश्चिममा समाजवादीको निर्णय अराजनीतिक : एमाले अध्यक्ष ओली

dirghayu ad

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कांग्रेसहितको समीकरणमा जाने एकीकृत समाजवादीको कदमको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरेका छन् ।

कांग्रेसकोपछि लागेर दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको भन्दै उनले आलोचना गरे। आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेर जनतामा निराशा थप्ने काम गरेको आरोप लगाए ।

western public academy

‘हिजो मात्रै एस भन्ने पार्टी छ। त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नाउपालाई मुख्यमन्त्री दिन नसक्ने। तर, कांग्रेससँग नजिक भएर जाँदा नाउपालाई दिनसक्ने भनेर अराजनीतिक निर्णय लियो’, उनले भने ।

‘सुदूरपश्चिममा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भयो । कम्युनिस्ट बोर्ड राख्ने काम चाही विदेशीको हितमा काम गर्ने गरेको देखियो’, उनले भने, ‘तर यसले केही फरक पार्नेवाला छैन ।’

Himal dental
सम्बन्धित
Loading...