ghar sansar

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुबैको दावी अस्वीकृत, दावी पेश गर्न फेरि दुई दिनको समय

dirghayu ad

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका दुबै नेताको दावी अस्वीकार गरी फेरि दुईका लागि दावी पेश गर्न आव्हान गरेका छन् ।

सत्ता साझेदार एकीकृत समाजवादी सत्ता गठबन्धनमा फर्र्किएर आफैंले मुख्यमन्त्रीमा दावी गर्ने भएपछि मंगलबार एकाएक सुदूरपश्चिमको राजनीति फेरिएको हो । समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा नाउपाका लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

ratnam malkhad

प्रदेश प्रमुखले एकै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँले बैशाख ६ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन्। संविधानको धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने प्रावधान छ ।

यसअघि प्रदेश प्रमुख मियाँले बैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय तोकेका थिए। बैशाख २ गते सत्ता गठबन्धनलाई चुनौती दिदै काँग्रेसका १८, समाजवादीका ४, राप्रपाका एक र नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

त्यस लगत्तै नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि माओवादीका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ जना र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए । मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिबाटै २ जनाको दाबी परेपछि प्रदेश प्रमुखले दलहरुसँग अध्ययनका लागि २ दिनको समय मागेका थिए ।

Himal dental
सम्बन्धित
Loading...