समाजवादीका सोडारी सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्त, साँझ शपथ

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन् ।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

deepak

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री सोडारीले साँझ ७ बजे शपथ लिनेछन्। यस अघि एमालेले सोडारीलाई मुख्यमन्त्री बनाउन सहयोग नगर्ने मनसाय देखाएको थियो ।

सम्बन्धित
Loading...