ghar sansar

सुदूरपश्चिमका नव नियुक्ति मुख्यमन्त्री सोडारीले खाए शपथ

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार शपथ लिएका हुन। उनी बिहीबार साँझ नै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । मुख्यमन्त्री सोडारी एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मक्ति पार्टी लगायतका २७ जनाले समर्थनमा मुख्यमन्त्री भएका हु्न् ।

उनलाई एमाले र माओवादीका १०।१०, समाजवादीका चार, नागरीक उन्मुक्तिका सात जना सांसद भएपनि दुई जना र एक जना स्वतन्त्र सांसदको सर्मथन छ। सो संख्या सुदूपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन् । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...