ghar sansar

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको भीमदत्त नगर अध्यक्षमा साउँद चयन

महेन्द्रनगर । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल भीमदत्त नगर कमिटीको अध्यक्षमा बिरेन्द्र साउँद चयन भएका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको भीमदत्त नगर स्तरीय प्रथम नगर सम्मेलनबाट शनिबार साउँदको अध्यक्षतामा नगर समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा राजेन्द्र आग्री, सचिव महेश प्रसाद भट्ट, सह सचिव डबल बाहादुर सिंह र कोषाध्यक्ष प्रमानन्द जोशी चयन भएका छन् ।

समितिमा गोबिन्द थापा, मान बाहादुर चयन भएका छन् । भेलाले जगदीश सिह बिष्ट र दशरथ भण्डारीलाई सल्लाहकार चयन गरेको छ ।

पञ्चकृत माध्यमकि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोषि ऐरको अध्यक्षतामा गरिएको सम्मेलनमा भीमदत्त नगरपालिका सामाजिक विकास समिति संयोजक सुशिल कुमार भट्ट प्रमुख अतिथि थिए ।

कार्यक्रममा महासघंका केन्द्रीय सचिव बिरेन्द्र राज बिष्ट, भीमदत्त नगरपालिका शिक्षा शाखा प्रतिनिधि दिपेन्द्र बिष्ट, महेशवरी खत्री र जगदीश सिह बिष्ट लगायतका नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...