रगत नालीमा होइन , नाडीमा बगाऔ भन्ने नारा सहित मनाइयो मानव एकता दिवस

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित सन्त निरंकारी मण्डल नेपाल अन्तर्गत महेन्द्रनगर शाखाले मानव एकता दिवस मनाएको छ ।

रगत नालीमा होइन , नाडीमा बगाऔ भन्ने नाराका साथ रक्तदान सहित कार्यक्रम गरी दिवस मनाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री प्रदेश सभा सदस्य प्रकाश रावलले रक्तदान शिविर उद्घाटन गरे । पूर्व मन्त्री रावलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

सन्त निरंकारी मण्डल नेपाल केन्द्रिय सह सचिव एवं महेन्द्रनगरका मुखि नरबहादुर बिश्वकर्माको अध्यक्षता गरिएको कार्यक्रममा ेकार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य हिरा सिंह सार्की, सन्त निरंकारी मण्डलका केन्द्रिय सदस्य एबम् प्रचार विभाग प्रमुख देवराज रिमाल , भीनपा ६ का कार्य वाहक अध्यक्ष देबकी जोशी, पूर्व वडा अध्यक्ष हरक सिंह धामी, रामलिला समितिका अध्यक्ष शमरजङ्ग बहादुर चन्द, समाजसेवी लक्ष्मी बिश्वकर्मा , मण्डलका पुनर्वासका मुखि राम प्रसाद गुरुङ ,ज्ञान प्रचारक करन सिंह सुनार , नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र इन्चार्ज नरेन्द्र राज जोशी, सत्सङ इन्चार्जहरु दिलबहादुर लामिछाने , मान सिंह तिरुवा , कृष्ण बहादुर खड्का , भक्तबहादुर सुनार , दुर्गा घर्ती , गुमान सिंह चडारा ,सेवादल संञ्चालक बिसन बिक , इन्चार्ज सुरेश सुनार लगायतका सहभागी भएका छन् ।

मण्डलको भवनमा रक्तदान कार्यक्रमपछि बृहत् सतसङ्ग कार्यक्रम गरियो । रत्तदान शिविरिमा सन्त निरंकारी मिशनका सेवादल र आस्थावान २४ जनाले रक्तदान गरे । शिविरबाट २४ पिन्ट रगत संकलन गरिएको छ ।

कार्यक्रममा सत्सङ कार्यक्रमका प्रमुख विचारक महात्मा देवराज रिमालले गुरुगद्दीबाट मानव एकता दिवसको बारेमा रक्तदानको महत्व प्रष्ट पारे । उनले सन्त निरन्कारी मिशन कुनै धर्म या सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा भएको बताए ।


‘भगवान एक छ सबै मानव ईश्वरका सन्तान हुन भन्दै समाजमा धर्मको नाममा , जाति मझब सम्प्रदाय र वर्णको विभेद किन भन्नु भयो, आज निरंकारी मिशनले ब्रह्म ज्ञानको माध्यम बाट आध्यात्मिक जागृति गराउदै समानता , मानव एकता , बिश्वभाइचारा को सन्देश दिदै समाजकल्याण को बाटो लिरहेको छ । धर्मग्रन्थ , रामायण , महाभारत , गिता , कुरान बाइबल सबै सास्त्रमा इश्वर एक, रुप अनेक भनेकै छ । फेरि पनि आजको मानव धार्मिक असमानता , जातीय असमानता र वर्ण विभेदको दलदलमानै फसिरहेको छ । त्यसैले मनका भ्रम मेटाउदै भक्तिभावमा लाग्नु जरुरी भन्नु छ’ उनले भने ।

मिरा नेपालीले सञ्चालन गरेको सत्सङ कार्यक्रम मा विभिन्न व्यक्तिले प्रवचन , भक्ति रचना कविता प्रस्तुत गरे । कञ्चनपुरका विभिन्न पालिकाका पाँच सय भन्दा बढी सन्त परिवार सहभागी भए । उनीरुका लागि लङ्गर ( भण्डारा ) को व्यवस्था गरिएको थियो । महेन्द्रनगर का मुखि श्री नरबहादुर बिश्वकर्मा र पुनर्वास का मुखि श्री रामप्रसाद गुरुङले सहभागी अतिथि एवं सन्त परिवारलाई स्वागत गर्दै धन्यवादका साथ कार्यक्रमको समापन गरे ।

 

सम्बन्धित
Loading...