
अहिले सामाजिक संजालमा उप निर्वाचनको बारेमा विभिन्न खाले टिका टिप्पणीहरु आइरहेको छन् । उपनिर्वाचनमा विजय हासिल गरेको नेकपा एमालेको सांगठनिक र अनुशासनको चर्चा भएराखेको छ भने दोस्रो स्थान ल्याएको नेपाली कांग्रेसको पनि उत्तिकै चर्चा छ । तर सकारात्मक नभएर नकारात्मक चर्चा बढी आइराखेको छ । कांग्रेसलाई नजिकबाट चिनेका र कांग्रेससंग आबद्य रहेकाहरुले नै कांग्रेसको बारेमा नकारात्मक टिप्पणीहरु गरेका छन् । उप निर्वाचनमा कुनै गठबन्धन नभएकाले आप्mनो हैसियत के रहेछ भन्ने कुरो सबैले राम्रोसंग बुझने अवसर पनि पाएका छन् । वीपी कोइराला, गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराइको नाम बेचेर जहिले पनि सत्तामै रहने कांग्रेसका लागि संगठन कस्तो हुनु पर्छ र अनुशासन केरहे छ भन्ने पाठ सिक्ने अवसर पनि हो । तर कांगेसका नेताहरु यस्तो पाठ सिक्ने कोसिस गर्दैनन् ।
केन्द्र देखि वडासम्म कांग्रेस भित्रका गुट उप गुटहरु छर्पस्ट छन् । जिल्लाको नेतृत्व गर्नेहरु नै कांग्रेस हराउ अभियानमा जिल्ला भ्रमण गर्छन् । पञ्चायत कालमा पार्टी माथि प्रतिबन्ध भएको वेला आन्दोलनको नेतृत्व गर्नेहरुले कुनै अवसर नपाएर लाखा पाखा लागेका छन् । नेताका वरिपरि घुम्ने, नेताका नातेदार, श्रीमति छोरा छोरी सोझै केन्द्रीय समिति र सांसदमा जान्छन् । पञ्चायतको बेला राजको गुनगान गाएर कांग्रेसलाई विदेशी तत्व भने बाफत अञ्चलाधीशबाट भत्ता खानेहरु कांग्रेसको निर्णायक ठाउ“मा पुगेका छन् । पार्टी प्रतिबन्धत अवस्थामा जेल नेल भोगकाहरुको खोजी हुदैन । मुलुकमा प्रजातन्त्र स्थापना पछिका दिनहरुमा अधिकांस समय कांग्रेस सत्तामा रहेको छ ।
सत्तामा रहदाका बखत कुनै पनि कार्यकर्ताको खोजी हुदैन । स्वयम कार्यकताले केही इच्छा जाहेर गरे पनि त्यसको सुनवाइ हुदैन । अन्तरधात गर्ने नेताहरुलाई कारवाही होइन पुस्कार दिने गरिन्छ । अनि कांग्रेस कसरी निर्वाचमा विजय हासिल गर्दछ । कांग्रेसका स्वर्गिय नेताहरुले मुलुकका लागि गरेको योगदान अहिले पनि जनताको मन मस्तिकमा रहेकोले निर्वाचनमा जति भोट आउछन् उहाहरुकै योगदानको प्रतिफल हो । कांग्रेस सत्तामा रहदा न जनताको लागि केही गरेको छ, न कार्यकर्ताको लागि केही गरेको छ, कुन आधारमा कांग्रेसले चुनाव जित्न सक्छ । कांग्रेसले आप्mनो हैसियत थाहा पाएरै माओवादी केन्द्रसंग गठबन्धन गरेको हो । नेकपा एमाले विभाजन हुनु र माओवादीसंग गठबन्धन गरेकै कारण ठूलो दल बनेको भए पनि कांग्रेसका नेताहरुको यही प्रवृति कायम रहेका २०८४ को निर्वाचनमा राप्रपा भन्दा पछाडि नपर्ला भन्न सकिदैन । राप्रपा हिजो बुढाहरुको पार्टी थियो ।
अहिले राप्रपामा युवाहरुको उल्लेख्य सहभागिता भएको छ । तर कांग्रेस भित्रको कलह र नतावाद, कृपावाद, गुट उपगुटका कारण युवाहरुले आप्mनो भविष्य नदेखेपछि अन्य दलहरुमा जान थालेका छन् । कांग्रेसमै रहेका युवाहरुमा पनि न कुनै जोस जागर न कुनै भिजन छ । नेताको चाकडी कसले बढी गर्ने प्रतिस्प्रधामा कांग्रेसका युवाहरु हुन्छन् र निर्वानको बेला पनि नेतको वरिपरि मात्र घुमेर प्रिय बन्ने प्रयासमा हुन्छन् । अनि कांग्रेसले कसरि चुनाव जित्ने र जनताले किन कांग्रेसलाई भो हाल्ने । कांग्रेस अलोकप्रिय हुनुमा बुढा नेतहरुले नमरुन्जेल कुर्सी नछोडनु पनि हो । नया“ पुस्तालाई कुर्सी हस्तान्तरण गर्न सकेमा पनि जनतनको विस्वास बढन सक्थ्यो । न कार्यकर्ताको मुल्यंकन हुने, न बुढा नेताले कुर्सी छोडने, न अन्तरघातिलाई कारवाही हुने र न गुट उपगुट समाप्त हुने हो भने कांग्रेस दिउसै टर्चबालेर खोज्नु पर्ने अवस्था आउन सक्छ ।
