Sarsoti

उदयदेब बहुउद्देश्यीय सहकारी २६ औं वर्ष प्रवेश, कार्यालयमा केक काटेर मनाइयो वार्षिकोत्सव

lotus institute

महेन्द्रनगर । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लि. २६ औं वर्ष प्रवेश गरेको छ । सहकारीले २५ वर्ष पूरा गरी २६ औं वर्ष प्रवेशको अवसरमा शुक्रबार सहकारी कार्यालयमा शुक्रबार केक काटिएको छ ।

सहकारी संस्थाका अध्यक्ष नारा जोशी सहित उपाध्यक्ष निरञ्जन प्रसाद भट्ट, प्रमुख कार्यकारी अधिकृत गणेश चन्द सहित सञ्चालक, कर्मचारी सहभागी भएका छन् ।

morning glory
Mahendranagar

२० हजार बढी शेयर सदस्य भएको उदयदेबले सुदूरपश्चिममा प्रतिष्ठित र ठूलो सहकारी संस्थाको पहिचान बनाएको छ ।
उदयदेबले २५ वर्ष पूरा गरेको अवसरमा कबर्ड हलमा ब्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रम गरेको छ ।

ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई शनिबार विहान कञ्चनपुर निर्माण व्यवसायी संघको सभा कक्षमा औपचारिक कार्यक्रम गरी पुरस्कार वितरण गरिने उपाध्यक्ष भट्टले बताए ।

उदयदेब सहरीकाका प्रमुख कार्यकारी अधिकृत चन्दले आगामी दिनमा पनि सहकारी मूल्य मान्यता,सहकारी सिद्धान्त बमोजिम संस्थाले सदस्यहरुलाई सेवा सुविधाका लागि समर्पित हुने प्रतिवद्धता गरेका छन् ।

saark school
सम्बन्धित
Loading...