सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी महेन्द्रनगरमा

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी महेन्द्रनगर पुगेका छन् । भीमदत्त पन्त स्मृति प्रतिष्ठानको २३ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन उद्घाटनका लागि महेन्द्रनगर आएका हुन् ।

प्रतिष्ठानका अध्यक्ष खेम सुवेदीले मुख्यमन्त्री सोडारीले साधारण सभामा प्रमुख अतिथि हुने जानकारी दिए । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका नेता सोडारी केही दिन अघि मुख्यमन्त्री भएका हुन् ।

सम्बन्धित
Loading...