ghar sansar

विश्वासको मत पाउन समस्या होला जस्तो लाग्दैन : मुख्यमन्त्री सोडारी

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत पाउन समस्या नहुने बताएका छन् । उनले आफूले विश्वासको मत पाउने विश्वास व्यक्त गरे ।

‘विश्वासको मत प्राप्त भइ हाल्छ, अहिले देखिएका शंका उप शंकाको हल हुन्छ’ अमर शहिद भीमदत्त पन्त स्तृति प्रतिष्ठानको २३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन उद्घाटन गर्दै उनले भने,‘प्रदेश सभामा विश्वास मत लिन धेरै समस्या होला जस्तो लाग्दैन ।’

,orning glory badhai

मन्त्री सोडारीले शुक्रबार विश्वासको मतका लागि गरेको तयारी एमालेका कारण रोकिएको थियो । एमालेले विश्वासको मत दिनका लागि पार्टीभित्र छलफल नभएको कारण देखाएर अनिच्छा देखाएको थियो ।

dirghayi clinic

एमाले सहितको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्री बनेका हुन् । एमाले बाहेकका दल विश्वासको मत दिन तयार छन् ।

कार्यक्रममा मुख्यमन्त्री सोडारीले संघीय शासन व्यवस्था केन्द्रीय संघियता जस्तो देखिएको बताए । ‘संघीयता केन्द्रीय संघीयता जस्तो देखिएको छ, माथि संघमा चेन्ज हुने बित्तिक्कै तलसम्म हेरफेर हुन्छ, यसले पनि प्रदेशमा समस्या छ ।’

कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री सोडारीले भीमदत्त वाटिकामा सहिद पन्तको शालिकमा पुष्पगुच्छा अर्पण गरी माल्यार्पण गरे ।

प्रतिष्ठानका अध्यक्ष खेम सुवेदीको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सभा सदस्यहरु प्रकाश रावल, हिरा सिह सार्की, कर्णाली प्रदेशका पूर्व प्रमुख प्रमुख गोविन्द कलौनी, पूर्व उप सभामुख भोजरा जोशी, एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा, प्रहरी उपरीक्षक चक्रराज जोशी, एमाले नेता महेश पन्त लगायतका सहभागी भए ।

प्रतिष्ठानका सचिव हरि प्रसाद जोशीले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा भीमदत्त पन्तको जीवनीका लेखक साहित्यकार कल्यान ओझा र समाजसेवी गंगाराम गिरीलाई सम्मान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...