ghar sansar

विश्वासको मत पाउनेमा मुख्यमन्त्री सोडारी ढुक्क, बालकोटको आनाकानी

Amity

महेन्द्रनगर । एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिह रावल मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मतका लागि छलफल गर्न काठमाडौं पुगेका छन् । उनले काठमाडौं पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसित छलफल गरेका छन्। अध्यक्ष ओलीले सोडारीलाई विश्वासको मत दिन हतार गर्न संसदीय दलका नेता रावललाई निर्देशन दिएका छन् ।

एमालेले सत्ता गठबन्धनमा दबावमा परी सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । एमालेले अन्तिमसम्म सोडारी बाहेक अन्यलाई मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीसित अडान राखेको थियो । केन्द्रीय सत्ता गठबन्धनमा समस्या आउने भएपछि एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । एमालेले मुख्यमन्त्रीका पात्रमा विमति राखेपछि सत्ता गठबन्धनमा हलचल मच्चिएको थियो ।

lotus institite

एमाले नेताहरुका अनुसार अध्यक्ष ओलीको निर्देशनमा सोडारीलाई मुख्यमन्त्री बनाउन अनिच्छा देखाइएको थियो । अहिले विश्वासको मतका लागि फेरि एमाले अनिच्छा देखाएको हो । शनिबार महेन्द्रनगर पुगेका मुख्यमन्त्री सोडारीले भने विश्वास मत पाउने आशा व्यक्त गरेका छन् । उनले प्रदेश सभाबाट आफूले विश्वासको मत पाउने विश्वस्तको भएको बताएका छन् ।

एमालेका पूर्व नेता सोडारी पार्टी विभाजनपछि एकीकृत समाजवादी भएका हुन् । एमाले विभाजन अघि उनी तत्कालिन सुदूरपश्चिम प्रदेश सरकारमा सामािजक विकास मन्त्री भएका थिए । उनी मन्त्री भएका बेला एमाले संसदीय दलका नेता रावलसित कार्यकक्षमा हातपात भएको थियो । त्यसपछि दुई नेताबीच हातपातपछि व्यक्तिगत सम्बन्ध बिग्रिएको थियो । अहिले सत्ता गठबन्धनका दुबै जना आ–आफ्नो पार्टीको संसदीय दलका नेता छन् ।

एमाले संसदीय दलका नेता रावल यस अघि माओवादी सहितको समर्थनमा मुख्यमन्त्री भएका थिए । विश्वासको मत पाउन नसकेपछि रावलले मुख्यमन्त्री छाड्नु परेको थियो । रावल मुख्यमन्त्री हुँदा समाजवादी सत्ता गठबन्धन बाहिर बसेको थियो ।

एमालेले विश्वासको मत दिने निर्णय नगर्दा सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री सोडारीले जेठ ५ गतेसम्म विश्वासको मत लिनु पर्नेछ ।

एमाले संसदीय दलका नेता रावलले बझाङ क्षेत्र नम्बर १ ‘क’ मा सांसद थपिएको र उनी बुबाको निधनले बाहिर निस्कन बाँकी रहेकाले पनि मतबारे निर्णय गर्न पर्खिएको बताए ।

एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउन एमालेका तत्कालीन १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र एकजना स्वतन्त्र सांसदले हस्ताक्षर बुझाएका थिए । तर, नागरिक उन्मुक्तिका पाँच सांसदले सोडारीलाई समर्थन नगरेको जानकारी प्रदेशसभामा बुझाएका थिए ।

Himal dental
सम्बन्धित
Loading...