ghar sansar

एकीकृत अखिल नेपाल शिक्षक संगठन दोधारा चाँदनी नगर परिषद् सम्पन्न, अध्यक्षमा पुनः लिलाराम गिरी चयन

महेन्द्रनगर । एकीकृत अखिल नेपाल शिक्षक संगठन दोधारा चाँदनी नगर अध्यक्षमा पुनः लिलाराम गिरी चयन भएका छन् । शिक्षक संगठनको तेस्रो नगर परिषद्बाट शुक्रबार गिरीको अध्यक्षमा नगर समिति पुनः गठन गरिएको छ ।

संगठनका केन्द्रीय सदस्य थिरेन्द्र चन्द्र भट्टको प्रमुख आतिथ्यता तेस्रो नगर परिषद् गरिएको छ । परिषद्को अध्यक्षतामा गिरीले गरेका थिए । परिषद्बाट शिक्षक महासंघका लागि प्रतिनिधि छनौट गरी जिल्ला समितिमा सिफारिश गरेको छ ।

संगठनका जिल्ला उपाध्यक्ष डम्बरदत्त जोशीले तारा सिंह रोकायाको संयोजकत्वमा महिला उपाध्यक्ष मा गङ्गा रावत, सह सचिव मोहन भाट, सदस्यद्वय नवराज अवस्थी र जमुना खड्कालाई महासंघका लागि प्रतिनिधि सिफारिश गरिएको जानकारी दिए ।

उनले महासंघमा सिफारिश गरेका शिक्षकले शिक्षकको पेशागत हकहित र पेशागत सुनिश्चिता, पीडित शिक्षक अस्थायी राहत बाल बिकास तथा निजी स्रोतका माग सम्बोधन गराउन अग्रमोर्चामा सक्रिय हुने विश्वास व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...