ghar sansar

सोडारीलाई विश्वासको मत दिन एमालेको अझै आनाकानी, सत्ता गठबन्धन भत्काउन खोजेको समाजावादीको आशंका

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन फेरि प्रदेश सभा बैठक आह्वान गरेका छन् । एमालेले विश्वासको मत दिने नदिने टुङ्गो नलाग्दै फेरि जेठ ३ गते विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयले त्यसदिन बिहान सवा १० बजेका लागि बैठक आह्वान गरेको छ । मुख्य समर्थक दल एमाले प्रदेश संसदीय दलले विश्वासको मत दिने नदिनेमा भने अझै मुख खोलेको छैन। संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आफूहरूसँग मुख्यमन्त्रीले कुनै छलफल नगरेको बताए ।

,orning glory badhai

उनले पार्टी केन्द्रबाट आउने निर्देशनअनुसार गर्ने बताए । ‘अहिलेसम्म कुनै निर्देशन आएको छैन,’ उनले भने। एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका सोडीरीले यस अघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए। एमाले विश्वासको मत दिन तयार नभएपछि बैठक स्थगित भएको थियो ।

dirghayi clinic

जेठ ४ गते विश्वासको मत लिने अन्तिम दिन हो। मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि बोलाइएको यो तेस्रो पटक हो। यसअघि मुख्यमन्त्री सोडारीलाई सत्ता घटक एमालेले विश्वासको मत नदिने अडान लिएका कारण यस अघिका बैठक स्थगित गरिएको थियो । एमालेले सत्ता गठबन्धनमा समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउन सुरुदेखि आनाकानी गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोडारीलाई मुख्यमन्त्रीमा संकेत नगरेपछि यस अघि विश्वासको मत लिने प्रक्रिया रोकिएको थियो ।

एमालेले विश्वासको मत दिन आनाकानी गरेर सत्ता गठबन्धन भत्काउन खोजेको समाजवादीका नेताहरुले आशंका गरेका छन् । एमालेले काँग्रेससित सत्ता समीकरणका लागि आन्तरिक कुराकानी गरेपछि सत्ता गठबन्धन भत्काउने कार्य सुदूरपश्चिमबाट थाल्न मुख्यमन्त्रीलाई विश्वासको मत दिन आनाकानी गरिएको समाजवादीको नेताहरुको बुझाई छ ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका ११, नेकपा एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वत्रन्त्रका एक÷एक सांसद छन् ।

Himal dental
सम्बन्धित
Loading...