ghar sansar

विमानस्थल निर्माणका अवरोध हटाउन रक्षा मन्त्री र प्रधानसेनापतिसित रमेश लेखकको भेट

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखकले मझगाँउ विमानस्थल निर्माण कार्यलाई सहज बनाउनु पर्ने राखेर रक्षामन्त्री हरि उप्रेती र प्रधासेनापति प्रभुराम शर्मासित भेटघाट गरेका छन् ।

काँग्रेसका जनप्रतिनिधि सहित मन्त्री र प्रधानसेनापति भेटेका उनले विमास्थल निर्माणमा देखिएको अवरोध हटाउन मागपत्र बुझाएका छन् ।

mantra hos123

साँसद लेखक सहित जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगर प्रमुख पदम बोगटी, बेदकोट नगर प्रमुख भोज बहादुर बोहरा सहभागी भएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको अवरोधले विमानस्थलको दक्षिणी क्षेत्रमा निर्माण कार्य अवरुद्ध भएको छ ।

Himal dental
सम्बन्धित
Loading...