ghar sansar

दोधारा चाँदनीमा छन् यस्ता वडा अध्यक्ष, जसले जनतालाई बाँड्छन् आफ्नो सेवा सुविधा

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका २ का वडा सदस्य मनकला खनाल पुजाराले बिहीबार दिउँसो ५ नम्बर वडाका अध्यक्ष केशब बहादुर खत्रीलाई कार्यकक्षमा भेटेर सुरज पुजाराको उपचारका लागि सहयोग गर्न आग्रह गरिन् ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएका ३० वर्षिय पुुजाराको घर परिवारको कमजोर आर्थिक अवस्था भएकाले वडा सदस्य पुजारा वडा अध्यक्ष खत्रीसित उपचार खर्च सहयोगका लागि पुगेकी हुन् । वडा अध्यक्ष खत्रीले वडा सदस्य पुजाराको आग्रह अनुसार आफूले उपचारका लागि सक्दो सहयोग गर्ने बताए ।

Anant bahu travels

मुटु र मुगौला समस्याबाट पीडित पुजारालाई केही दिन अघि वडा सदस्य पुजाराले सहयोग संकलन गरी उपचारका लागि धनगढी पुगाएकी हुन् । अस्पताल भर्ना गरी फर्केपछि उनले उपचार खर्च जुटाउन आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेकी छन् ।

‘वहाँ अध्यक्षज्यूले अहिलेसम्म धेरै जनालाई सहयोग गर्नु भएको छ, दुःखमा परेका गरीबm, कमजोर सबैलाई सहयोग गर्न भएको छ, सुरज बचाउने अभियानमा पनि वहाँले सहयोग गर्ने आश लिएर वहाँसित भेटघाट गरी समस्या राखे’ उनले भनिन्,‘वहाँले सहयोग गर्ने गर्नु हुन्छ, त्यसमा पनि आशावादी छौ ।’

दुई वर्ष अघि स्थानीय तह निर्वाचन जितेर वडा अध्यक्ष भएका खत्रीसित दैनिक रुपमा सहयोगका लागि स्थानीय पुग्ने गरेका छन् । उनीहरु सबैलाई वडा अध्यक्ष खत्रीले आफूले सक्दो सहयोग गरेका छन् ।

‘चुनाव जितेर आएपछि मसित सहयोगका लागि दैनिक रुपमा आउनु हुन्छ, म मेरो हातबाट सकिने सहयोग गर्छु’ वडा अध्यक्ष खत्रीले भने,‘त्यसबाट थोरै भए पनि राहत त पुग्छ ।’

स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष खत्रीको सेवा सुविधा नलिने चुनावी एजेण्डा थियो । चुनावी एजेण्डा अनुसार उनले आफ्नो सेवा सुविधाबाट दोधारा चाँदनीका वासिन्दालाई सहयोग गर्दै आएका हुन् । पाँच वर्षसम्म यसलाई निरन्तरता दिने उनी बताउँछन् ।

dirghayi clinic

वडा अध्यक्ष खत्रीले आर्थिक रुपमा कमजोर अवस्थाका वासिन्दालाई सहयोग गर्दै आएको जानकारी दिए । ‘चुनावमा मैले सेवा सुविधा नलिने भनेको थिए, त्यस अनुसार लिनै त नपाइने रहेछ, त्यसपछि मैले त्यो सुविधाबाट यहाँका एकदमै अति गरीब, विपन्न, दिन दुःखीहरुलाई सहयोग गर्दै आएको छु’ उनले भने ।

सेवा सुविधाबाट पाउने रकमबाट प्रति जना ५ हजार एक सय रुपैँया उनले सहयोग गर्दै आएका छन् । सुरुमा सहयोग रकम बढी भए पनि सहयोग गर्न पर्ने वासिन्दा थपिएपछि ५ हजार एक सय रुपैँया दिने गरिएको हो ।

वडा अध्यक्ष खत्रीबाट क्याम्पसका विद्यार्थी र अनाथ बालबालिकाले पनि पठनपाठनमा सहयोग पाएका छन् । कमजोर आर्थिक अवस्थाका ८ जना विद्यार्थीलाई उनले क्याम्पस पढ्न सहयोग गरेका छन् । यसैगरी कक्षा ६ मा पढ्ने अनाथ बालकलाई पढाउन सहयोग गरिएको छ ।

राजनीति जनताको सेवा गर्ने कार्य भएकाले आफूले सेवा सुविधा नलिने चुनावी एजेण्डा बनाएको वडा अध्यक्ष खत्रीले बताए । वडा अध्यक्ष निर्वाचित भएपछि आफूले कार्यपालिका बैठकमा जनप्रतिनिधिलाई सेवा सुविधा नदिने प्रस्ताव गरेको बताए । ‘मैले पहिलो कार्यपालिका बैठकमा सबै जनप्रतिनिधिले सेवा सुविधा नलिऔ भन्ने प्रस्तवा गरेको थिए, त्यो निर्णय हुन सकेन’ उनले भने ।

वडा अध्यक्ष खत्रीले हालसम्म ९४ जनालाई आफ्नो सेवा सुविधाबाट सहयोग गरेका छन् । उनले अभियान सञ्चालन गरेर पनि आर्थिक संकलन गरी सहयोग गर्र्दै आएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता खत्रीको वडामा राप्रपाको प्यानलले चुनाव जितेको थियो । उनी राष्ट्रिय पञ्चायत सदस्य  इन्द्र बहादुर केसीका छोरा हुन् । उनका बुवा केसी पञ्चायतकालमा चुनाव लडेर राष्ट्रिय पञ्चायत सदस्य भएका थिए ।

अहिलेको दोधारा चाँदनी ५ मा साविक चाँदनीका १ र ९ नम्बर वडा पर्छन् । यस अघि २०७४ मा काँग्रेसले वडा अध्यक्ष सहित सबै सदस्य जितेको थियो ।

चुनावमा खत्रीले छाडा पशु चौपया व्यवस्थापन, वडामा नमूना विकास गर्ने, भूमिहिन तथा विपन्न परिवारका बालबालिकाको शिक्षा, स्वास्थ्यमा सुधार गर्ने, वडा वासिन्दालाई सहज रुपमा सेवा प्रवाह गर्ने लगायतका चुुनावी वाचा गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...