ghar sansar

सुदूरपश्चिम सरकार बल्ल विस्तार हुँदै, कञ्चनपुरबाट बन्दै छन् भाट, थापा, सार्की र विक मन्त्री

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता साझेदार एमाले र माओवादी केन्द्र सहभागी हुन लागेका छन् । ती दुबै दलका साँसदहरुले दिउँसो पद तथा गोपनयिताको शपथ खाने कार्यक्रम तय गरिएको छ ।

एमालेबाट सुरेन्द्र बहादुर पाल, बीर बहादुर थापा र हिरा सिह सार्की मन्त्री बन्न लागेका छन् । यसैगरी माओवादी केन्द्रबाट ओम बिक्रम भाट र लक्ष्मी विक मन्त्री हुने भएका छन् ।

mantra hos123

एमालेबाट पाल आर्थिक मामिला तथा योजना मन्त्री बन्न लागेका छन् । माओवादी केन्द्रका भाट सामाजिक विकास र विकले विना विभागीय मन्त्रीको शपथ खाने तयारीमा छन् । सुुदूरपश्चिम सरकारले आगामी वर्षको बजेट ल्याउने दिन नजिकिएपछि मन्त्री मण्डल विस्तार हुन लागेको छ ।

मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारमा सहभागी हुन सत्ता साझेदार एमालेले अनिच्छा देखाएपछि मन्त्री मण्डल विस्तारमा ढिलाई भएको थियो ।

एमाले अन्तिम अवस्था मात्रै सरकारमा सहभागी भएको हो । एमाले अध्यक्ष केप शर्मा ओली र माओवादी केन्द्र पुष्पकमद दाहालबीच छलफल भएपछि सुदूरपश्चिममा मन्त्रि परिषद् विस्तार हुन लागेको हो । एमालेले समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउन अनिच्छा देखाएको थियो ।

अहिले सोडारी नेतृत्वको सरकारमा नागरिक उन्मुक्तिका दुई साँसद मन्त्री छन् । कैलाश कुमार चौधरी भौतिक पूर्वाधार र टिका थापा कृषि, भूमि तथा सहकारी मन्त्री छन् ।

Himal dental
सम्बन्धित
Loading...