स्वतन्त्र साँसद जोशीलाई धोका, शपथ बहिस्कार

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र साँसद डा. तारा प्रसाद जोशीले शपथ खान अस्वीकार गरेका छन् । सुदूरपश्चिम प्रदेश सकारका मुख्यमन्दी दीर्घ बहादुर सोडारीले सोमबार विस्तार गरेको मन्त्री परिषदमा स्वतन्त्र साँसद जोशीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन् । जोशीले मन्त्रीको शपथ खान अस्वीकार गरेका हुन् ।

स्वतन्त्र साँसद जोशीलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने आश्वासन दिएर अन्तिममा धोका दिइएपछि उनले शपथ बहिस्कार गरेका हुन् । आर्थिक मन्त्री बनाउयने सहमतिपछि उनले एमाले माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेका थिए ।

janjyoti campus

जोशी डडेल्धुराबाट निर्वाचित स्वतन्त्र साँसद हुन् । आर्थिक मन्त्रीमा एमालेमा सुरेन्द्र बहादुर पालले शपथ लिएका छन् । एमालेले आर्थिक मन्त्री विना सरकारमा सहभागी नहुने अडान दिएपछि जोशीलाई उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमा नियुक्त गरिएको हो ।

जोशी बाहेक अन्य सबै नियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ खाएका छन् । मख्यमन्त्री सोडारीले जोशीलाई सोमबार अन्तिमसम्म शपथ ग्रहणका लागि आग्रह गरेका थिए ।

एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला र माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् ।

एमालेका बीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी बिक तथा एकीकृत समाजवादीका माया पन्तलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको छ । यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित १० सदस्यीय भएको छ। यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा यसअघि नै मन्त्री भएका हुन् ।

ghar sansar
सम्बन्धित
Loading...