३५ करोड नाघ्यो भीमदत्तको बेरुजु, कागजात विनै ४ करोड ३४ लाख भुक्तानी

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा रीत नपुगाएर गरिएको खर्च (बेरुजु) ३५ करोड नाघेको छ । यो खर्च अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ सम्म २६ करोडि थियो ।

गत वर्ष १० करोड ७१ लाख बेरुजु थपिएपछि हालसम्म बेरुजु ३५ करोड ३९ लाख बेरुजु पुगेको हो । महालेखा परीक्षकको कार्यालयले भीमदत्तको आर्थिक वर्ष २०७९÷८० को लेखा परीक्षण गरी प्रतिवेदनमा बेरुजु रकम समावेश गरेको हो ।

janjyoti campus

बेरुजुमा सबैभन्दा बढी ५ करोड ८२ लाख नियमित गर्नु पर्ने बेरुजु देखिएको छ । त्यसपछि काजजात पेश नगरी भुक्तानी दिइएको रकम बेरुज देखिएको छ । कागजात विना ४ करोड ३४ लाख भुक्तानी दिइएको पाइएको छ ।

महालेखाको लेखा परीक्षण प्रतिवेदनमा ५२ लाख २६ हजार अशुल गर्न पर्ने र ५ करोड ८२ लाख नियमित गर्नु पर्ने बेरुजु उल्लेख छ ।

महालेखाले १ लाख ३ हजार पेश्की फस्र्यौट गर्नु पर्ने बेरुजु प्रतिवेनमा समावेश गरेको छ । गत वर्ष २ लाख ६७ हजार बेरुजु फस्र्यौट भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ghar sansar
सम्बन्धित
Loading...