
महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐंठपुरस्थित नव प्रतिभा पब्लिक स्कुलका प्रिन्सिपल वीर बहादुर चन्दले आफ्नी छोरी बेबिका चन्दको जन्म दिनमा बीमा पोलिसी उपहार दिएक छन् । उनले नेशनल लाईफको बाल अमृत तीन बीमा पोलिसी छोरीलाई उपहार दिएका हुन् ।
छोरीको जन्मदिनमा फजुल खर्च नगरी उनको उच्च शिक्षाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट २० लाख बिमाङ्कको बाल अमृत ३ बिमा पोलिसी उपहार दिएर जन्मदिन मनाएका छन् ।

कम्पनीको महेन्द्रनगर शाखा कार्यालयमा कार्यक्रम गरी शाखा प्रमुख नवीन किशोर भट्ट र प्रमुख व्यवसाय प्रबन्धक राजेन्द्र बहादुर चन्दको उपस्थितिमा बीमा पोलिसि उपहार दिइएको हो ।
कार्यक्रममा चन्दले नेशनल लाईफ नेपालको पहिलो र विश्वासिलो कम्पनी भएकोले आफूनो रोजाईमा परेको बताए ।
कम्पनीका प्रमुख व्यवसाय प्रबन्धक चन्दले जीवन बीमा आफू रहुन्जेल आफ्नो लागि र आफू नरहेको खण्डमा परिवारका लागि हुने प्रमुख आर्थिक सुरक्षा कवच भएको बताए ।
