ghar sansar

निमेष लम्सालको स्मृतिमा बेलौरी भकुण्डामा आर्यघाट बनाइने

khasi

महेन्द्रनगर । पञ्चकोशी चन्दननाथ एकता समाजले बेलौरी नगरपालिका ४ स्थित भकुण्डामा आर्यघाट निर्माण गर्ने भएको छ ।

बुधबार स्वर्गीय निमेष लम्सालको १३ औं दिनको पुण्यतिथिको अवसर पारी पञ्चकोशी चन्दननाथ एकता समाजलाई उक्त सवदहन स्थल निर्माण एवं व्यवस्थापनका लागी समाजले अघि सारेको प्रस्तावका लागि धन्यवाद दिदैं स्वर्गीय निमेषको स्मृतिका स्वरुप आर्यघाट निर्माणका लागि सहयोग रकम श्रद्धाञ्जली सभामा संकलित ११ हजार ५ सय र परिवारजनको तर्फबाट रु ५० हजार रुपैयाँ पञ्चकोशी चन्दननाथ एकता समाजका अध्यक्ष चन्द्र प्रसाद पोखरेललाई बुवा लोकेन्द्र लम्साल र उनकी धर्मपत्नी रेवतीमाया लम्सालले हस्तान्तरण गरेको अध्यक्ष पोखरेलले बताए ।

Anant bahu travels
dirghayi clinic

श्रद्धाञ्जली सभामा समाजका सल्लाहकार नमराज शाहीले मृतक प्रती श्रद्धाञ्जली अर्पण गर्दै लम्सालले थालनी गरेको सामाजिक एवं पुण्य कार्यका लागि धन्यवाद व्यक्त गर्दै स्वर्गीय लम्सालको निधन आफैंमा रहस्यमय र दुखदायी रहेको बताए ।

निमेषका बुवा लोकेन्द्र लम्सालले श्रद्धाञ्जली सभामा उपस्थित भएका सम्पूर्णलाई आभार व्यक्त गर्दै समाजले ल्याएको प्रस्तावलाई मुर्तरुप दिन आवश्यक सहयोग एवं पहलकदमी गर्ने प्रतिबद्धता गर्दै सामाजिक सेवामा सिंगो बेलौरीको प्रतिनिधित्व गर्न आग्रह गरे ।

पञ्चकोशी चन्दननाथ एकता समाजका अध्यक्ष पोखरेलले सहयोग गर्ने लम्साल परिवारलाई धन्यवाद व्यक्त गर्दै स्वर्गीय निमेशको स्मृति स्वरुप प्राप्त रकम र विभिन्न निकायबाट आर्यघाट निर्माणका लागी आउने दिनहरूमा आवश्यक सहयोग प्राप्त गर्नेमा विश्वत हुँदै समाजले आफ्नो दायित्ववोध गरि नेतृत्वदायिक भुमिका र व्यवस्थापन गर्दै सामाजिक कार्यमा निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष पोखरेलले यस्ता सामाजिक कार्यका लागी आगामी दिनमा स्थानीय सरकार,नागरिक समाज,एवं विभिन्न निकायहरुसंग समन्वय र सहकार्य गर्दै कार्यक्रम अगाडि बढाउने जानकारी गराए ।

Himal dental
सम्बन्धित
Loading...