ghar sansar

बेल्डाडीमा ५३ करोड १६ लाख बजेट विनियोजन

dirghayu ad

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड १६ लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाको १५ औँ गाउँ सभाबाट आगामी वर्ष २०८१÷०८२ का लागि नीति तथत कार्यक्रम सहित बजेट पारित गरिएको छ ।

गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले सभामा नीति तथा कार्यक्रम र उपाध्यक्ष शान्ति नाथले बजेट पेश गरेकी हुन् ।
गाउँ सभामा छलफलपछि बजेट पारित गरिएको छ । बजेटमा चालु खर्च ३६ करोड र पूँजीगत खर्च १७ करोड १४ लाख छ ।

ratnam malkhad

गाउँपालिकाले राजस्व बाँडफाँड र आन्तरिक स्रोतबाट वडागत वडा नं. १ मा ४९ लाख ४६ हजार, वडा नं. २ मा ५२ लाख ११ हजार, वडा नं. ३ मा ३८ लाख ९८ हजार, वडा नं. ४ मा २२ लाख, वडा नं. ५ मा ४७ लाख ९२ हजार विनियोजन गरिएको छ ।

शाखागत कार्यक्रम अन्तर्गत महिला विकास शाखातर्फ ६ लाख ५० हजार, भूमि व्यवस्थापनतर्फ ४५ लाख, पशुपन्छी विकास शाखातर्फ १७ लाख, स्वास्थ्य शाखातर्फ १ करोड ५५ लाख, शिक्षा तथा खेलकुद शाखातर्फ १ करोड ७३ लाख, वन तथा वातावरण शाखातर्फ ८ लाख, सहकारी शाखातर्फ ८ लाख, उपाध्यक्ष विशेष कार्यक्रममा १७ लाख, प्रधानमन्त्री रोजकार कार्यक्रममा १ लाख र समावेशी कार्यक्रममा २ लाख विनियोजन गरिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...