ghar sansar

धान दिवसमा किसानलाई कृषि औजार प्रदान

little buddha academy
khasi

भोजराज पन्त
महेन्द्रनगर । बेदकोट नगरपालिका ९ मा रहेको इन्द्रेणी कृषि सहकारी संस्थामा शनिबार किसनलाई कृषि औजार उपकरण तथा सामाग्री हस्तान्तरण गरेको छ । वेदकोट नगरपालिका को सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत धान पाकेट कार्यक्रम निरन्तरता पाएपछि किसानलाई कृषि औजार उपकरण तथा सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम गरिएको छ ।

धानका लागि आवश्यक पर्ने पानी तान्ने बोरिङ्ग ३ थान, खेत जोत्ने जिरो ट्रीलर २ थान, मल बोक्ने ट्राली २ थान, बिउ भण्डारण गर्ने ड्रम २४ थन, धान कुट्ने र गहुँ पिस्ने कम्बाइन मेसिन १ थान र अन्य समाग्री रहेको संस्थाका व्यवस्थापक लक्ष्मी दत्त भट्टले जानकारी दिए ।

,orning glory badhai

नगरपालिकाको ४ लाख ९८ हजार र सहकारी तथा किसनको ३ लाख ८ हजार गरी जम्मा ८ लाख ६० हजारका कृषि औजार तथा उपकरण वितरण गरिएको व्यवस्थापक भट्टले बताए ।

सहकारी संस्थाका अध्यक्ष शिबराज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा बेदकोट नगरपालिका उप प्रमुख तुलशी देवी जोशी प्रमुख अतिथि थिइन् ।

dirghayi clinic

कार्यक्रममा उप प्रमुख जोशीले धान बढी फल्ने ठाँउ तथा जहाँ किसानलाई पानि प्रशस्त पहँुच छ त्यस ठाँउमा धानको पकेट क्षेत्र, पानीको मात्रा कम तथा गहुँ बढी फल्ने ठाउँमा गहँु पकेट क्षेत्र, तरकारीको सम्भावना भएको ठाँउमा तरकारी पकेट क्षेत्र निमाण गरी बेदकोट नगरपालिका किसनको हितमा काम गदै बताइन् ।

उप मेयर जोशीले १२ लाख बराबरको पनि तान्ने बोरिङ्ग, ९ लाख वढि तरकारी खेती गर्ने किसनका लागि छुट्याइएको जानकारी दिइन् ।

उनले अवस्थित बसोबासका कारण कृषिमा सोचे जति कार्य गर्न नसकिएको बताइन् ।

   

Himal dental
सम्बन्धित
Loading...