ghar sansar

सुदूरपश्चिममा फुटाइयो मन्त्रालय, कञ्चनपुरका थापालाई वन वातावरण, सार्की आन्तरिक मामिला र पन्तलाई पर्यटन संस्कृति मन्त्रालय

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकार चार मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर विना विभागीय ५ मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।

dirghayi clinic

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालय भने यथावत् राखिएको छ । भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले बताए ।

Anant bahu travels

त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ। जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।

मुख्यमन्त्री सोडारीले अक्कल बहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालय र लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन्। एमालेका वीरबहादुर थापाले वन वातावरण तथा सहकारी मन्त्रालय र हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Himal dental
सम्बन्धित
Loading...