ghar sansar

सत्ता समीकरण फेरबदलपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा फेरि फर्किदैँ काँग्रेस

महेन्द्रनगर । केन्द्रमा सत्ता समीकरणमा उथलपुथल भएसँगै प्रदेशमा पनि सरकार परिवर्तनको चर्चा सुरु भएको छ । केन्द्रमा अहिलेको सत्ता समीकरण लगभग फेरबदल हुने निश्चित भएकाले त्यसको असर प्रदेशमा पनि स्वाभाविक परेको छ ।

जसअनुसार केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदा प्रदेशमा पनि यिनै दलले सरकार बनाउने छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र शेरबहादुर देउवाबिच भएको भनिएको सहमतिअनुसार सुदूरपश्चिम कांग्रेसको भागमा परेको छ ।

mahostaw

सहमति अनुसार एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने भनिएको छ ।

हाल सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारीको नेतृत्वमा नेकपा माओवादी केन्द्र, एमाले र नाउपाका २ मन्त्रीसहितको सरकार छ ।

सुदूरपश्चिममा नेपाली कांग्रेसले नेतृत्व पाउँदा एमालेसहितको सरकार बन्ने छ। त्यसो हुँदा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह फेरि मुख्यमन्त्री बन्ने छन् । तत्कालीन समयमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्रीबाट अपदस्थ भएपछि शाह मुख्यमन्त्री बनेका थिए ।

शाह २०७९ माघ २७ गते मुख्यमन्त्री चयन भएका थिए । तर पछि उनले संसदीय अंकगणित अनुसारको आवश्यक समर्थन कायम राख्न नसकेपछि विश्वासको मत नलिई राजीनामा दिएका थिए । त्यसपछि समाजवादीका सोडारी मुख्यमन्त्री बनेका थिए ।

यहाँ ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ । त्यसमा कांग्रेसका १८ सांसद छन् भने नयाँ गठबन्धनमा रहेको नेकपा एमालेका ११ प्रदेश सभा सदस्य छन् । यहाँ दुई दल मिल्दा सहजै बहुमत पुग्ने छ ।

Himal dental
सम्बन्धित
Loading...