
महेन्द्रनगर । सत्ता समीकरण फेरिएर सुदूरपश्चिम प्रदेश काँग्रेसले पाएपछि सरकार गठनका लागि काँगे्रस र एमालेले छलफल सुरु गरेका छन् ।
काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह, प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच मङ्गलवार महेन्द्रनगरमा छलफल छलफल भएको हो ।

छलफलमा सुदूरपश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा नेकपा एमालेका संसदीय दलका नेता रावलसँग छलफल भएको नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले बताए ।
उनले छलफल केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार सुदूरपश्चिममा पनि काँग्रेस र एमाले मिलेर सरकार गठन गर्ने विषयमा कुराकानी भएको बताए । केन्द्रमा भएको समझदारीअनुसार प्रदेशमा पनि सरकार गठनको प्रक्रिया थालिने भएको छ ।
