ghar sansar

पूर्णा माविमा सिभिल इन्जिनियरिङ्ग पढ्ने ५ नम्बर वडाका विद्यार्थीको आधा शुल्क भीमदत्तका प्रवक्ता अवस्थीले तिर्ने

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ नम्बर वडा कार्यालयले पूर्णा माध्यमिक विद्यालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग अध्ययन गर्ने वडाका विद्यार्थीको आधा शुल्क तिर्ने भएको छ ।

भीनपा ५ का वडा अध्यक्ष पदमराज अवस्थीले पूर्णा माविका प्रधानाध्यापक धनीदत्त पन्तसित वडाका विद्यार्थीको ५० प्रतिशत शुल्क व्यहोर्ने प्रतिवद्धता गरेका हुन् ।

lotus institite

पूर्णाका प्रधानाध्यापक पन्तले वडा अध्यक्ष अवस्थीले सिभिल इन्जिनियरिङ्ग पढ्ने विद्यार्थीको ५० प्रतिशत शुल्क व्यहोर्ने प्रतिवद्धता गरेको जानकारी दिए ।

daimond public

‘भीमदत्तका सबै जनप्रतिनिसित विद्यार्थी भर्नाका लागि छलफल गरि रहेका छौ, त्यस क्रममा ५ नम्बर वडाका वडा अध्यक्षज्यूले ५० प्रतिशत शुल्क व्यहोर्ने कुरा गरि सक्नु भाको छ’ उनले भने ।

अवस्थी भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हुन् । पूर्णा माविले सिभिइटीले तोके भन्दा कम शुल्कमा सिभिल इन्जिनियरिङ्ग अध्यापन गराउँदै आएको छ । यस वर्ष थप २० प्रतिशत छुट दिएर विद्यार्थी भर्ना गरिने प्रधानाध्यापक पन्तले बताए ।

सिटिइभिटीले तोकेको शुल्क भन्दा पूर्णाले १० हजार कम अर्थात एक लाख ८० हजार शुल्क लिने गरेको छ । स्ििटइभिटीले तीन वर्षे ओभरसियरका लागि एक लाख ९० हजार शुल्क तोकेको छ ।

यस वर्ष एक लाख ८० हजारमा पनि २० प्रतिशत छुट दिन लागिएको हो । पूर्णा मावि भीमदत्त नगरपालिका १२ ऐरीमा छ । प्रधानाध्यापक पन्तले विद्यालयमा छात्र र छात्राहरुका लागि छुट्टाछुट्टै छात्राबासको व्यवस्था भएको जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...