ghar sansar

सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री सोडारी अल्पमतमा

dirghayu ad

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता लिइएको छ । नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थत फिर्ता लिएको बताए । उनले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपारिषद को कार्यालयमा समर्थत फिर्ता लिएको पत्र दर्ता गरेको बताए ।

ratnam malkhad

मुख्यमन्त्री सोडारी धनगढीमा नभएकाले फोनमार्फत जानकारी गराइएको उनले बताए । उनले भने, ‘हामीले मुख्यमन्त्री ज्यूलाई दिएको समर्थत फिर्ता लिएका छौ। आजका मितिबाट लागु हुने गरेर पत्र पठाएका हो। मुख्यमन्त्री कार्यालय र सचिवालयमा दर्ता भएको छ। मुख्यमन्त्री ज्यूलाई फोनबाट जानकारी गराएका छौ ।’

एमालेबाट सुदूरपश्चिम प्रदेश सरकार सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका छन् । एमालेबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, वन, वातावरण तथा सहकारी मन्त्रालय वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा साकीले राजीनाको पत्र पठाएका हुन् ।

एकीकृत समाजवादीको महाधिवेशनका लागि मुख्यमन्त्री सोडारी सङ्घीय राजधानीमा छन। मुख्यमन्त्री सोडारी सङ्घीय राजधानीमा हुँदै अल्प मतमा परेका छन् ।

Himal dental
सम्बन्धित
Loading...