ghar sansar

भन्सार सडक निर्माणमा ढिलाई भएको भन्दै नगरपालिकामा जारी धर्नामा सहभागी नहुन बेलौरी काँग्रेसको नेता कार्यकर्तालाई निर्देशन

khasi

महेन्द्रनगर । नेपाली काँग्रेस बेलौरीले भन्सार सडक निर्माणमा ढिलाई गरिएको भन्दै नगरपालिका कार्यालयमा स्थानीयले थालेको धर्नामा सहभागी नहुन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

बेलौरी बजार–नेपाल भारत सीमा भन्सार सडक) को डिपिआर बनिसक्दा समेत सडक निर्माणमा पालिकाले निर्णय कार्यान्वयमा चासो नदेखाएको भन्दै सडक संघर्ष समितिका पदाधिकारी बुधवार देखि अनिश्चितकालिन धर्नामा बसेका हुन् ।

Anant bahu travels

काँग्रेस बेलौरीका नगर सभापति पेपुराम चौधरीले पार्टी बिहीबार विज्ञप्ति सार्वजनिक गरी धर्नामा सहभागी नहुन निर्देशन दिएका हुन् । नगर सभापति चौधरीले काँग्रेसको कुनै पनि किसिमको धर्ना, जुलुश, आन्दोलन गर्ने कार्यक्रम नभएकाले नगरपालिकाको धर्नामा सहभागी नहुने नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

dirghayi clinic

बेलौरी बजार देखि नेपाल भारत सीमा सम्म करिब ४ किलोमिटर सडकको डिपिआर तयार भइसक्दा समेत सडक निर्माणमा पालिकाले चासो नदेखाएकोले धर्नामा बस्नु परेको सडक संघर्ष समितिका संयोजक केशवराज जोशी बताए ।
संघर्ष समितिले दुई पटक नगरपालिकाको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउँदा समेत चासो नदेखाएपछि धर्ना बस्नुपरेको संयोजक जोशीले बताए ।
सडक निर्माणका लागि संघर्ष समितिले पालिका प्रमुख पोतिलाल चौधरीलाई माघ २६ गते १ सय ९६ र पुनः वैशाख २६ गते ४ सय ४२ जनाको हस्ताक्षरित ज्ञापन पत्र बुझाइसकेको छ ।

२०७८ सालमा भन्सार रोडको डिपिआर तयार भैसकेको छ, सडक अहिलेसम्म बनिसक्नु पर्ने हो’ संयोजक जोशीका अनुसार पालिकाले अतिक्रमित जग्गा खाली गराउन नसक्दा सडक निर्माणमा हुन नसकेको हो । आफूहरुले राखेको माग पूरा नहुन्जेल चरणबद्ध आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी सँगको कुराकानी बेलौरी बजार–नेपाल भारत सीमा( भन्सार सडक)को सडक निर्माणको काम सुदुरपश्चिम प्रदेश सरकारको गौरव योजना अन्तर्गत रहेकोले नगरपालिकले प्रदेश सरकारलाई ज्ञापन पत्र बुझासकेको बताउँदै उक्त सडक निर्माणका लागि नगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कसर नराख्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...